१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि शुरु

२९ चैत्र २०७७, आईतवार ०६:११

चैत्र २९, काठमाडौँ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी शुरु गर्न लागिएको महासचिव रोशन दाहालले राससलाई जानकारी दिनुभयो । प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित विषयका ३० वटा कक्ष राखिने उहाँले बताउनुभयो ।

साधारणसभाको उद्घाटन आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गर्नुहुनेछ । देशभरका एक हजारभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको बन्दसत्र भने चैत ३० गते सोमबार प्रतिष्ठानमै हुनेछ । कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यससहित अन्य समसामयिक विषयमा छलफल भई साधारणसभाको अन्त्यमा महासङ्घको काठमाडौँ घोषणापत्र जारी गरिने महासचिव दाहालले बताउनुभयो ।

साधारणसभा सम्पन्न गर्न महासङ्घका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारणसभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासङ्घको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गर्नुहुनेछ । निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेलाई कार्यक्रममा सम्मानसमेत गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह