११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उत्पादित वस्तुको बजारीकरण गर्ने सरकारले अध्ययन शुरु गरेको छ : मन्त्री अर्याल

३० चैत्र २०७७, सोमबार १०:३१

चैत ३०,मुस्ताङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले शुरु गरेको बताउनु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको आज (सोमबार) शुभारम्भ गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।


स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भै सकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नखड्कीने मन्त्री अर्यालले बताउनुभयो । 

जिल्ला भित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्ला कृषि तथा पशुपंक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गर्नुभयो ।

जोमसोममा स्याउका बिरुवा कृषकलाई हस्तान्तरण गरेर कृषिमन्त्री अर्यालले विरुवा वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताउनुभयो । ९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० विरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताउनुभयो ।

जिल्ला भित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर बितरण गरिएको हो । नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइडेन्सीटी स्याउ एक मिटरको दुरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताउनुभयो ।

संघिय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैंया खर्च लागेको छ । संघिय सरकारको बजेटमा मुस्ताङ जिल्ला भित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिंचाई लगायतका कार्यक्रम सञ्चालन हुने  प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङका बरिष्ठ कृषि अधिकृत शुधिर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ