११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ वर्षमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

३० चैत्र २०७७, सोमबार १२:३६

चैत ३०, काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेज सहितको 'स्प्रिङ अफर' ल्याएको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित यो अफर ल्याइएको हो।

उक्त अफर अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ । १४ जिबी डेटा अफर २ सय ९९ मा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यस्तै १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ । 

५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ । योसंगै २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ । 

यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न कम्पनीले जनाएको छ । कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी डाटा प्याक अन्तर्गतनै रु. ९५ मा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ । सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी छ ।

त्यसैले ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको कम्पनीको भनाई छ । विभिन्न प्याकेज पाउन ग्राहकले १४१५ डायल गर्नुपर्ने छ।

कम्पनीकाअनुसार ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा किन्न सकिन्छ।  उक्त अफर अन्तर्गतका सेवाहरु भोलि मंगलबारदेखि (चैत ३१) ९० दिनसम्म उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ