८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ वर्षमा एनसेलले ल्यायो डबल योजना

३१ चैत्र २०७७, मंगलवार ११:३५

चैत ३१, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एन्सेलले नयाँ वर्ष २०७८ को अवसरमा डबल योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् ।  

डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक ५० भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन् । यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुने कम्पनीले जनाएको छ । 

यो योजना चैत्र ३१ गते मङ्गलबार देखि संचालनमा आएको छ । डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।  

ग्राहकले यो योजना अन्तर्गत मात्र ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजा लिन सक्ने एन्सेलको भनाइ छ । बोनस डेटा ३० दिनको लागि मान्य रहने छ । त्यस्तै रु १३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् ।  

त्यस्तै ३ दिन समयसिमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन् । 

एक दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । 

यसका साथै डेटा सापटी सेवा अन्तर्गत रु ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन् । नयाँ वर्षको यो योजना अन्तर्गत रु ५० वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ । 

कम्पनीका अनुसार ५० देखि ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि ५० एमबी बोनस डेटा प्राप्त गर्दछन्  । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसैगरि १०० देखि १९९, २०० देखि २९९, ३०० देखि ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । 

त्यसैगरी ५०० देखि ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजना अन्तर्गत बोनस स्वरुप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध