८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने, थप दुई लघुवित्तलाई प्राप्ति गर्ने

२ बैशाख २०७८, बिहीबार ०७:०१

बैशाख २, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । साधारणसभाले बनेपास्थित बीपीडब्लु लघुवित्त र बुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुपात १००:९५:९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्राप्तिपश्चात उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३.६५ प्रतिशत (संस्थापक) र ३६.३५ प्रतिशत (सर्वसाधारण) हुने भएको छ ।

साथै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत (संस्थापक) र ३१.३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले जानकारी दिए ।

उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारणसभाले गरेको छ । साधारणसभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेलसहित छ जनालाई नयाँ सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएको भन्दै निर्वाचन अधिकृत भक्तिराम घिमिरेले निर्विरोध निर्वाचित भएको घोषण गरेका थिए ।

त्यसअनुसार संस्थापक समूह क बाट अध्यक्ष पोखरेल, दीपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित हुनुभएको हो भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन भए । सञ्चालकको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको छ ।

उनले आफ्नो कार्यकालमा आरम्भ चौतारी लघुवित्तलाई देशकै सबैभन्दा ठूलो लघुवित्त वित्तीय संस्था बनाउने अठोट व्यक्त गरे । देशभरका लघुवित्त वित्तीय संस्थाको साझा संस्था लघुवित्त सङ्घ नेपालका केन्द्रीय अध्यक्षसमेत रहनुभएका पोखरेलले आफूले नेतृत्व गरेको लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाका रूपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूसँग रहेको बताए ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त ‘मर्ज’ भएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बनेको हो । एकीकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोवार शुरु गरेको थियो । नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकीकृत कारोवार शुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध