वैशाख ३, काठमाडौँ । शुक्रबार सुनको मूल्य ९० हजार ५ सय पुगेको छ । बिहिबारको तुलनामा प्रतितोला ७ सय रुपैंयाले बढेर छापावाल सुनको मूल्य ९० हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार कायम भएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन ३ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भएको थियो ।
पछिल्लो समय सुनको भाउ लगातार उकालो लागिरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला १२ सय ९० मा कारोबार भएको चाँदी १० रुपैंयाले बढेर १३ सयमा कारबार भएको महासंघले जनाएको छ ।