वैशाख ७ काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार प्रतितोला सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएको छ । नयाँ वर्ष लागे संगै लगातार उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।
गत चैत ३० गते ८९ हजार ६ सयमा कारोबार भएको सुन वैशाख २ गते बढेर ८९ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै ३ गते बढेर ९० हजार ५ सयमा कारोबार भएको थियो भने ५ गते २ सयले बढेर ९० हजार ७ सयमा कारोबार भयो ।
फेरि ६ गते ३ सयले बढेर ९१ हजारमा कारोबार भएको सुन आज केहि घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १३ सयमा चाँदीको कारोबार भइरहेको छ ।