2026-08-25 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक सामान्य वृद्धि

वैशाख ७, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ । आज कूल २१६ कम्पनीको एक लाख २३ हजार ६९ हजार ६४० कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ८७ लाख १७ हजार ६४० मा खरिद बिक्री भयो । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण ३६ खर्ब ८९ अर्ब ६९ करोड पुुग्यो । आज कारोवार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्यो । बैंकिङ १.३७, निर्जीवन बीमा २४.३९, सामूहिक लगानी कोष ०.०४ र लगानी उपसमूहको शेयर १.०५ अङ्कले घट्यो ।

व्यापार ३४.३२, होटल तथा पर्यटन १.५६, विकास बैंक ४८.४२, जलविद्युत् ३१.७७, वित्त ४.८८, उत्पादन ५.८७, अन्य ४.५, लघुुवित्त ६.१९ र जीवन बीमा उपसमूह ५३.९८ अंकले बढे । कारोवार रकमका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २१ करोड ४२ लाख ८९ हजार २६८ मा खरिदबिक्री भयो । 

यस्तै नेपाल पूर्वाधार बैंकको रु १९ करोड ८६ लाख ७२ हजार ६६५, नविल बैंकको रु १५ करोड ६४ लाख ५१ हजार ७४, एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको रु १५ करोड ६४ लाख ५१ हजार ७४, अरुण काबेली पावरको रु १४ करोड ३३ लाख ४७ हजार २४, सिटिजन बैंक इन्टरनेशनलको रु १४ करोड १७ हजार १४० र एनआइसी एसिया बैंकको शेयर रु ११ करोड ३८ लाख ३४ हजार ३७९ मा खरिदबिक्री भयो । 

महिला लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्यो । यस्तै ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.८५, लिबर्टी इनर्जी ८.०७, हिमालयन पावर पार्टनर ७.७७, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ७.५३ र युनिभर्सल पावर लिमिटेडका शेयरधनीले ७.३ प्रतिशतले कमाए । 

समृद्धि फाइनान्सका शेयरधनीले आज सर्वाधिक २.४७ प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल २.२२, एनआरएन इन्फ्रास्टक्चर २.०४, छयाङ्दी हाइड्रोपावर २.०३, एचआइडिसिएल १.८८, राष्ट्रिय बीमा कम्पनी लिमिटेड १.८१ र एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले १.६८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ