१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्योति विकास बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो

९ बैशाख २०७८, बिहीबार ०५:१०

बैशाख ९, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफा ३८.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ६० लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढेर ६० करोड २५ लाख पुगेको हो ।

जसमा गैर संचालन आम्दानीको योगदान ठूलो छ । समिक्षा अवधिमा बैंकले ४३ करोड ६ लाख रुपैयाँ गैर संचालन आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप २४.८० प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड पुगेको छ भने कर्जा प्रवाह ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ करोड ८ अर्बबाट ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड कायम भएको छ ।

३ अर्ब ८४ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १ अर्ब २८ करोड रहेको छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशतबाट घटेर ०.५८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २०.८९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १३३.५३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह