2026-09-22 05:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्योति विकास बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो

बैशाख ९, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफा ३८.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ६० लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढेर ६० करोड २५ लाख पुगेको हो ।

जसमा गैर संचालन आम्दानीको योगदान ठूलो छ । समिक्षा अवधिमा बैंकले ४३ करोड ६ लाख रुपैयाँ गैर संचालन आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप २४.८० प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड पुगेको छ भने कर्जा प्रवाह ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १ करोड ८ अर्बबाट ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड कायम भएको छ ।

३ अर्ब ८४ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १ अर्ब २८ करोड रहेको छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशतबाट घटेर ०.५८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २०.८९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १३३.५३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ