१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

९ बैशाख २०७८, बिहीबार १२:३६

वैशाख ९, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । पछिल्ला दिनमा लगातार ओरालो लागेको नेप्सेमा बिहिबार भने सुधार देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८० अङ्कले बढेर दुई हजार ६४८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२१ अङ्कले बढेर ४७६.६० मा पुगेको छ । कूल २१४ कम्पनकिो एक करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ मा खरिद बिक्री भए । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ९० हजार बराबर पुगेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागे भने ११ उपसमूहका शेयर उकालो लागेका छन् । होटल तथा पर्यटन ५२.९२ र सामूहिक लगानी कोष ०.०६ विन्दुले ओरालो लाग्यो । यस्तै, बैंकिङ ९.२२, व्यापार ११.१२, विकास बैंक ३८.१७, जलविद्यत् ४.९८, वित्त १.४१, निर्जीवन बीमा ११४.९, उत्पादन ४७.२८, अन्य २१.३१, लघुवित्त ५३.१९, जीवन बीमा ११४.०६ र लगानी ०.१७ बिन्दुले उकालो लागेको छ । 

कारोवारका आधारमा एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६२ करोड २७ लाख ७९ हजार ८५० बराबरको कारोवार भयो । यस्तै, नेपाल पूर्वाधार बैंक रु २५ करोड ८७ लाख ४८ हजार ३४८, एनआइसि एशिया लघुवित्त रु २१ करोड ३५ लाख ७९ हजार, एचआइडिसिएल रु १९ करोड ५३ लाख ६४ हजार ८७५, नबिल बैंक रु १६ करोड २२ लाख ५३ हजार ९५७, माथिल्लो तामाकोशी रु १३ करोड ४८ लाख ७५ हजार २००, नागरिक लगानी कोष रु १२ करोड ४९ लाख ३४ हजार ७६२ र एनआइसि एशिया बैंक रु ११ करोड २१ लाख ९३ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

यसैगरी, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमा समान १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । महिला लघुवित्त ९.९७, ग्रीन डेभलपमेन्ट बैंक ९.९५, ज्योति लाइफ इन्स्योरेन्स ९.९३, एनसिसी बैंक ९.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ६.८४, आइएमई जनरल इन्स्योरेन्स ५.५८ र एनआरएन इन्फ्रास्टकचरका लगानीकर्ताले ५.३८ प्रतिशतले कमाए । 

हिमालयन ऊर्जा विकास कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.५६, मन्जुश्री फाइनान्स २.४५, हिमाल दोलखा हाइड्रोपावर २.३८, चन्द्रागिरि हिल्स २.२९, नेपाल हाइड्रो डेभलपर २.२३, रिडी हाइड्रोपावर २.२०, गुर्खाज फाइनान्सका लगानीकर्ताले १.७९ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी