पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १०, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला ५ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहिबार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार २ सयमा कारोबार भएको थियो । मंगलबार ९० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार १३ सयले बढेर ९२ हजारमा कारोबार भएको थियो । यस्तै बुधबार पनि प्रतितोला २ सयले बढेर ९२ हजार २ सयमा कारोबार भएको थियो ।

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको भाउमा केहि गिरावट आएको हो । आज तेजाबी सुनको मूल्य ९१ हजार २ सयमा कारोबार भएको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

बिहिबार १३ सय ३५ मा कारोबार भएको पचाँदी आज १५ रुपैंयाले घटेर १३ सय २० मा कारोबार भएको महासंघले जनाएको छ ।