बैशाख १२, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुमारी बैंकले करिब २ अर्ब रूपैयाँ खुद मुनाफा गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रूपैयाँ छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेर ३ अर्ब ८२ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ४३.६४ प्रतिशत बढेर ५८ करोड ४ हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेको हो ।

बैंकले हालसम्म १ खर्ब २७ अर्ब ६९ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २९ अर्ब ४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य १.०९ प्रतिशत पुगेको छ ।

यस्तो छ प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 127696585

कर्जा : 129041585

नाफा : 1808483

वितरणयोग्य मुनाफा : 984649

खुद ब्याज आम्दानी : 3827217

सञ्चालन मुनाफा : 2596776

प्रतिसेयर आम्दानी : Rs. 17.37

नेटवर्थ : Rs. 135.49

कोषको लागत : Rs. 5.09

खराब कर्जा : 1.09 %

आधार ब्याजदर : 7.63 %

स्प्रेड दर : 3.19 %