2026-09-22 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रु दुई अर्ब राजस्व छलेका अभियोगमा १३ फर्मसहित १६ विरुद्ध मुुद्दा

वैशाख १२, काठमाडौँ | नक्कली  मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका सञ्चालक अनिलकुमार गुप्ता तथा अङ्कुश ट्रेड एण्ड सप्लायर्सका व्यवस्थापक प्रवीणकुमार महतो तथा १३ फर्मका सञ्चालकसहित १६ जनाविरुद्ध रु दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बिगो असुल गरी जरिवाना र कैद सजायको माग गर्दै उच्च अदालत पाटन ललितपुरमा शुक्रबार मुद्दा दायर गरेको हो । 

निकी ट्रेडर्सका भुलावन महरा चमार, एनकेडी ट्रेडर्सका सञ्चालक दीपककुमार कायस्थ, जिएन ट्रेडर्सका वकिल देवान, सुवर्ण ट्रेड लिङ्कका सरोज श्रेष्ठ, सञ्जय इण्टरनेशनल इण्टरप्राइजेजका व्यवस्थापक सञ्जय श्रेष्ठ, अंशु ट्रेड लिङ्कका वाणेश्वर महतो, कोमल ट्रेड लिङ्कका सरोज ढकाल, पिएनआर इण्टरप्राइजेजका सञ्चालक राधेश्यामप्रसाद साह तेली, आयान ट्रेड लिङ्कका रत्नगोपाल श्रेष्ठ, सन्ध्या ट्रेडर्सका अभिमान महतो कोहरी, अङ्कुश ट्रेड एण्ड सप्लायर्सका प्रवीणकुमार, लक्की ट्रेड लिङ्कका सञ्चालक अकली हजरा दुसाध, मुअन ट्रेडिङ कन्सर्नका मुअन महरा र दिव्या इण्टरप्राइजेजका सञ्चालक रामचन्द्र माझीविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता शिवलाल तिवारीले राससलाई जानकारी दिनुभयो । 

अभियुक्तले विभिन्न फर्मका नाममा नक्कली बिक्री बिजक जारी गरी बीजकबमोजिमको रकम भुक्तानी लिएर बीजकमार्फत असूल गरेको भ्याट सरकारी कोषमा दाखिल नगरी भ्याट र आयकरसमेत छलेको विभागको अनुसन्धानबाट पुष्टि भएकाले उक्त रकम असूल गरी जरिवाना र कैदसजायको मागदाबीका साथ मुद्दा दायर गरिएको उहाँले बताउनुभयो । 

अघिल्लो साता पनि विभागले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित ॐ सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारी तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलसहित चार जनाले रु एक करोड छ लाख ७२ हजार ९०९ राजस्व चुहावट गरेका अभियोगमा बिगो जफत एवं असूल गरी जरिवाना र कैद सजाय मागदावीका साथ सोही अदालतमा मुद्दा दायर गरेको थियो । साविकमा अर्थ मन्त्रालयअन्तर्गतको विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएपछि राजस्व चुहावट अनुसन्धान र नियन्त्रणका गतिविधिले गति लिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी