2026-09-22 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेले ब्रोकरलाई दियो ७ बुँदे निर्देशन (निर्देशनसहित)

वैशाख १३, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायी(ब्रोकरलाईं) ७ बुँदे निर्देशन दिएको छ । वैशाख १३ गते एक सर्कुलर जारी गर्दै नेप्सेले सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव भौतिक आवगमनलाई कम गर्नको लागि विभिन्न ७ बुँदे निर्देशन दिएको हो ।

कोरोना महामारीको दोश्रो लहरको संक्रमणलाई न्यूनिकरण गर्ने प्रयास स्वरुप नेप्सेले उक्त व्यवस्था मिलाएको हो र सोही बमोजिम काम गर्न गराउन ब्रोकरलाई निर्देशन दिएको हो । ब्रोकर तथा धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकार्वाहाीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्नुपर्ने छ । नेप्सेमा पेश गर्नुपर्ने, कागजातहरु सकेसम्म इमेल मार्फत अभौतिक रुपमा पीडीएफ फाईल पठाउन नेप्सेले अनुरोध गरेको छ ।

त्यस्तै, ब्रोकरहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत ईमेल पठाउन लगाउने र सो को जानकारी यी दुई [email protected][email protected] यी दुईमा अनिवार्य रुपमा पठाउन नेप्सेले आग्रह गरेको छ ।

संस्थापक सेयरको कारोबार गर्न तथा गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेश गर्न अनुरोध गरेको छ । त्यसैगरी, सदस्यले नेप्सेबाट पाएको पत्रहरुको प्रत्युत्तर एवं सदस्यसँग सम्बन्धित अन्य कुनै पनि विवरण एवं जानकारी गराउँदा वा पत्राचार गर्दा यो इमेलमा पठाउनु पर्ने नेप्सेले जनाएको छ ।

ब्रोकरले कार्यालय सञ्चालन गर्दा कोरोना महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तथा बोर्डले जारी गरेका निर्देशनहरु पालना गर्नुपर्ने छ । साथै, सेयर किनबेच पश्चात तोकिएको समयावधि भित्र लगानीकर्तालाई सेयर तथा रकम सहज ढंगले उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने र ब्रोकरले सेयर कारोबारका सन्दर्भमा लगानीकर्ताहरुलाई अनलाईनको प्रयोग गर्न प्रोत्साहित गर्न नेप्सेले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी