१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटा पुनर्बीमा कम्पनी थपिंदै, लाइसेन्स दिन बीमा समितिले माग्यो आवेदन

१६ बैशाख २०७८, बिहीबार ०५:३८

वैशाख १६, काठमाडौँ । बिमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग गरेको छ । समितिले आज एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो ।

पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी,  प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुर्नबीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि आह्वान गरिएको हो ।

पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पुँजी कम्तीमा १० अर्ब हुनुपर्नेछ । साथै हाल नेपालमा एउटमा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । नयाँ आवेदनकले हाल सञ्चालन भइरहेको उक्त कम्पनीमा लगानी गरेको भए आवेदन दिन नपाउने समितिको भनाइ छ ।

साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले जानकारी दिएको छ । समितिले एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो ।

इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्म रितपूर्वक भरेको आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत