पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख १७, काठमाडौँ । </b>शुक्रबार सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।<br></p><p>हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।</p><p>गएको आइतवार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो। </p>

