2026-09-22 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्दि गर्ने सरकारको घोषणा

वैशाख १८, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ देखि लागु हुनेगरी श्रमिकको न्यूनतम ज्याला मासिक १५ हजार तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको अवसरमा सम्वोधन गर्दै आगामी आर्थिक वर्ष देखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् । हाल नेपालमा श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० छ ।

प्रधानमन्त्री ओलीले अव देखि दैनिक ज्याला पनि वृद्दिको घोषणा गरे । हालसम्म दैनिक ज्याला ५ सय १७ रहँदै आएकोमा आगामी आर्थिक वर्ष देखि ५ सय ७७ बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिए । गत वर्ष श्रमिकले समझदारी देखाएको भन्दै यस वर्ष रोजगारदाताले समझदारी देखाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । नियमानुसार गतवर्ष न्यून्तम ज्याला पुनरावलोकन गर्ने वर्ष थियो ।

प्रधानमन्त्री ओलीले हालसम्म झण्डै १२ हजार रोजगारदाता र दुई लाख श्रमिक सामाजिक सुरक्षामा आवद्द भएको भन्दै सवैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गरे । दैनिक ज्यालादारी तथा करार सेवाका सरकारी कर्मचारीहरुलाई पनि यसै आर्थिक वर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्द गर्ने जानकारी प्रधानमन्त्री ओलीले गराएका छन् ।

प्रधानमन्त्री ओलीले कोभिडकै कारण गत वर्ष २५ करोड रोजगारी विशवव्यापी रुपमा गुमेको र यस वर्ष कम्तीमा १३ करोड रोजगारी खतरामा रहेको पनि स्मरण गरे । उनले विश्वमा हरेक वर्ष २० लाख ७८ हजार व्यक्तिको ज्यान कामसँग सम्वन्धित रोगहरु तथा कार्यथलोमा हुने दुर्घटनाका कारण मृत्यु हुने गरेको भन्दै मजदुर संगठनहरुले गत अप्रिल २८ का दिन त्यसलाई स्मरण गरेको पनि सम्वोधनका क्रममा स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी