१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्दि गर्ने सरकारको घोषणा

१८ बैशाख २०७८, शनिबार ०४:१५

वैशाख १८, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ देखि लागु हुनेगरी श्रमिकको न्यूनतम ज्याला मासिक १५ हजार तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको अवसरमा सम्वोधन गर्दै आगामी आर्थिक वर्ष देखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् । हाल नेपालमा श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० छ ।

प्रधानमन्त्री ओलीले अव देखि दैनिक ज्याला पनि वृद्दिको घोषणा गरे । हालसम्म दैनिक ज्याला ५ सय १७ रहँदै आएकोमा आगामी आर्थिक वर्ष देखि ५ सय ७७ बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिए । गत वर्ष श्रमिकले समझदारी देखाएको भन्दै यस वर्ष रोजगारदाताले समझदारी देखाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । नियमानुसार गतवर्ष न्यून्तम ज्याला पुनरावलोकन गर्ने वर्ष थियो ।

प्रधानमन्त्री ओलीले हालसम्म झण्डै १२ हजार रोजगारदाता र दुई लाख श्रमिक सामाजिक सुरक्षामा आवद्द भएको भन्दै सवैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गरे । दैनिक ज्यालादारी तथा करार सेवाका सरकारी कर्मचारीहरुलाई पनि यसै आर्थिक वर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्द गर्ने जानकारी प्रधानमन्त्री ओलीले गराएका छन् ।

प्रधानमन्त्री ओलीले कोभिडकै कारण गत वर्ष २५ करोड रोजगारी विशवव्यापी रुपमा गुमेको र यस वर्ष कम्तीमा १३ करोड रोजगारी खतरामा रहेको पनि स्मरण गरे । उनले विश्वमा हरेक वर्ष २० लाख ७८ हजार व्यक्तिको ज्यान कामसँग सम्वन्धित रोगहरु तथा कार्यथलोमा हुने दुर्घटनाका कारण मृत्यु हुने गरेको भन्दै मजदुर संगठनहरुले गत अप्रिल २८ का दिन त्यसलाई स्मरण गरेको पनि सम्वोधनका क्रममा स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह