२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

२०७८, १९ बैशाख आईतवार ०७:२४

रमेश केसी । वैशाख १९, बझाङ (रासस)। कोरोना महामारीबीच  यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ ।  यार्सा सङ्कलनको याम शुरु भएसँगै  अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् । 

उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी सङ्कलन नै मुख्य आयस्रोतको आधार रहेको छ ।  यस क्षेत्रका बासिन्दा परिवारसहित यार्सा सङ्कलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म  लेकतिर जान्छन् । 

गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा सङ्कलकको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि सङ्कलनमा रोक लगाएको थियो । स्थानीय तहले पनि यार्सा सङ्कलनमा रोक लगाएको थियो । यस वर्ष भने कुनै सूचना जारी गरिएको छैन । जिल्लामा दिन प्रतिदिन सङ्क्रमित बढ्दै गए पनि  कुनै निकायको ध्यान गएको छैन । यार्सा सङ्कलन गरिने पाटनमा हिउँ पग्लिन  थालेपछि सङ्कलक वन क्षेत्रमा जाने क्रम बढेको बुङ्गल –२ का आनन्द धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षयता यार्सा खासै पाइँदैन  । गत वर्ष कोरोना महामारीका कारण भएको बन्दाबन्दीले सङ्कलनको काम प्रभावित भयो । यार्सा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस वर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।”

बुङ्गलका धौलाढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे  सुर्मा तथा साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा, माझा, फरालखेत, कालापानी, राइढुङ्गी, स्याङ्वनलगायत वन क्षेत्रमा सङ्कलक पुगिसकेका छन् ।

 साइपाल –४ का वसन्त बोहराले भन्नुभयो, “रोजगारी केही छैन । आयआर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुटी हो ।  गत वर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा सङ्कलन गर्न सकिएन । घर खर्च चलाउन धौधौ भयो । यार्साबाट मात्रै एक परिवारले तीन महिनाका अवधिमा रु तीन लाखदेखि सात लाख जति आम्दानी गर्छ । यार्सा तथा जडिबुटी सङ्कलन नगरे भोकमरीको चपेटामा परिन्छ ।” 

वैशाखदेखि असारसम्म यार्सा सङ्कलनका लागि र भदौदेखि मङ्सिरसम्म यहाँका जंगलमा अन्य जडिबुटी खोज्न मानिस लेकतिर जान्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी सङ्कलन गर्न लेकतिर जानेहरु बढ्दै गएका छन् । यस समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करीब १५ हजार पाल हाल्छन् । हरेक वर्ष बझाङमा यार्सा सङ्कलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस लेकतिर जाने गर्छन् । ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला हजारौँ मानिस लेकतिर जाँदा झन् जोखिम हुने देखिन्छ । जङ्गलमा सबै एकै ठाउँ नहुने र सङ्कलन गर्दा अलगअलग जानु पर्ने भएका कारण कोरोनाको जोखिम भने कम हुने सङ्कलक बताउँछन् ।

कोरोनाको सङ्क्रमणबाट बच्न गत वर्ष  पाटन बन्द गरिए पनि सङ्कलकले लुकिछिपी यार्सा सङ्कलन गरेका थिए । गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले सङ्कलनमा रोक लगाइए पनि यस वर्ष सङ्कलन रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा अहिले यार्सा सङ्कलन गर्ने सिजन नै हो । विभागबाट कुनै पत्राचार भएको छैन । सरकारले पनि यसबारेमा कुनै निर्णय गरेको छैन । विभागको निर्देशनअनुसार सङ्कलन कार्यमा रोक लगाइने छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला