2026-09-22 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी साधनको राजस्व र नवीकरण शुल्क अब नागरिक एपबाटै तिर्न सकिने

वैशाख १९, काठमाडौँ । अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न सकिने भएको छ । आइताबर एपको औपचारिक सुरुवातसँगै यसको जानकारी दिइएको हो ।

नागरिक एपबाट यातायातको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी यातायात व्यवस्था विभाग अन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम भइरहेको छ । अब उक्त सिस्टमलाई सोझै नागरिक एपमा जोडिने बताइएको छ ।

यातायातको सेवा नागरिक एपमा जोड्ने काम अन्तिम चरणमा पुगेको भन्दै अबको केही दिनमा यो सेवा उपयोग गर्न सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायकलाई नागरिक एपमा जोड्ने तयारी भइरहेको छ ।

सवारी साधन नवीकरणका लागि सरकारी राजस्वसँगै तेस्रो पक्ष बीमा समेत अनिवार्य रुपमा गराउनुपर्ने हुन्छ । बीमा रकम तिर्न समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइने बताइएको छ ।

यससँगै सवारी साधन नवीकरण गराउन नागरिकले खप्दै आएको झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । हाल यातायात कार्यालय धाउनुपर्ने र पुराना ढड्डा खोज्नुपर्ने बाध्यता नहुने अवस्थामा अनियमिताका साथै सेवाग्राहीले सास्ती पाउने र समयको बर्बादी गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी