८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि नागरिक एपबाटै बैंक खाता खोल्न सकिने, (तरिका सहित)

१९ बैशाख २०७८, आईतवार ०८:०६

वैशाख १९, काठमाडौं । नागरिक एपबाटै बैंक खाता खोल्न सकिने भएको छ । सरकारले आइतबारदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको नागरिक एपबाट क्यूआर स्क्यान गरेकै भरमा बैंक खाता खोल्न सकिने व्यवस्था गरिएको हो ।

प्रधानमन्त्रीले नागरिक एपबाट नेपाल बैंकको खाता खोलेर यसको सुरूवात गरे । यो सेवा हाललाई राष्ट्रिय वाणिज्य बैंकका अतिरिक्त सिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ । सम्भव भएसम्मका सबै सरकारी तथा सार्वजनिक सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको नागरिक एपको यो सुविधाले बैंक खाता खोल्दा कागजात तथा पहिचान प्रमाणीकरण गराउन बैंकमै पुग्नुपर्ने बाध्यता अब हुनेछैन ।

नागरिक एपको क्यूआरबाट बैंक खाता खोल्नुका साथै केवाईसी अपडेटको काम समेत गर्न सकिनेछ । यो सेवा हाललाई शिद्धार्थ बैंक र नविल बैंकका लागि उपलब्ध छ । क्रमशः अन्य बैंकहरुमा समेत यसलाई चाँडै विस्तार गर्ने सरकारको तयारी छ । भविष्यमा बैंक खाता नम्बर नागरिक एपमा सोझै जोड्न सकिनेछ । जसबाट आफ्नो बैंक खातामा रहेको रकम तथा कारोबारको विवरण हेर्न सम्भव हुनेछ ।

नागरिक एपबाट कसरी खोल्ने बैंक खाता ?

१. यसका लागि तपाईंसँग आफ्नो नागरिक एप रहेको मोबाइलसँगै अर्को कम्प्युटर वा स्मार्टफोन हुन जरुरी छ । त्यसपछि दुवै डिभाइसमा डेटा वा इन्टरनेट भएको निश्चित गर्नुहोस् ।

२. अब कम्प्युटर वा अर्को मोबाइलमा कुन बैंकमा खाता खोल्न चाहेको हो, उक्त बैंकको वेबसाइट खोल्नुहोस् । वेबसाइटमा अनलाइनबाट बैंक खाता खोल्ने विकल्पमा जानुहोस् ।

३. त्यहाँबाट नागरिक एपहुँदै अगाडि बढ्नुहोस् । त्यहाँ एउटा क्यूआर कोड देखिन्छ ।

४. अब आफ्नो मोबाइलमा रहेको नागरिक एपमा जानुहोस् र माथि दायाँ कुनामा रहेको क्यूआर कोड स्क्यानर खोल्नुहोस् ।

५. त्यसपछि नागरिक एपलाई क्यामेराको पहुँच दिनुहोस् । यति गरेसँगै नागरिक एपमा क्यामेरा खुल्छ ।

६. अब कम्प्युटर वा अर्को मोबाइलमा देखिएको क्यूआर कोड स्क्यान गर्नुहोस् । त्यस लगत्तै बैंकले तपाईंको नागरिक एपमा रहेका कुन कुन जानकारी प्राप्त गर्न खोजिरहेको हो भन्ने देखिन्छ ।

७. त्यसपछी ‘कन्फर्म’ गर्नुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा रहेका तपाईंका प्रमाणीत विवरण बैंकको फर्ममा स्वतः भरिएर आउँछन् ।

८. सबै विवरण राम्रोसँग हेर्नुहोस् । खाली भएको स्थान भर्नुहोस् र ‘प्रोसिडमा क्लिक गरेर अगाडि बढ्नुहोस् । त्यसपछि बैंकले मागेका बाँकी विवरण भर्दै सबै चरण पुरा गर्नुहोस् ।

९. यति गरेसँगै तपाईंको बैंक खाता तयार हुन्छ । जुन तपाईंले सम्बन्धित बैंकबाट प्राप्त गर्न सक्नुहुनेछ ।

१०. नागरिक एपबाट खाता खोल्न मात्रै होइन, बैंक खाताको केवाईसी समेत अपडेट गर्न सकिन्छ । यसका लागि सम्बन्धित बैंकको वेबसाइटमा रहेको ‘केवाईसी भेरिफिकेसन’ मा जानुहोस् ।

११. त्यसमा गइसकेपछि नागरिक एपको विकल्प हुँदै अघिकै प्रक्रिया पुरा गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री