2026-09-22 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अस्ट्रेलियाबाट नेपालमा निःशुल्क पैसा पठाउन सकिने

वैशाख १९, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पुर्‍याउने योजना ल्याएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरी रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाको वेबसाइटबाट पठाउन सकिन्छ ।

कोभिड-१९ का कारण यस विषम् परिस्थितिमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकहरुलाई केही अत्यावश्यक सुविधा दिने सोचले यो योजना ल्याएको सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाका डाइरेक्टर समिप कटुवालले जनाएका छन् ।

हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनी ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिट्यान्स ब्राण्ड बन्दै गएको छ । सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी