२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा एक नेपालीले भेटेको रु १३ लाख प्रहरीलाई बुझाए

२० बैशाख २०७८, सोमबार ०४:३५

वैशाख  २०, सउल (रासस)। दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो । रकममध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन् ।

सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ–९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन् । उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन् । रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया उहाँले दिनुभयो । अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उहाँले बताउनुभयो । कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो