१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उडान बन्द भयो, टिकटको पैसा कसरी फिर्ता गर्ने ?

२१ बैशाख २०७८, मंगलवार १०:१८

वैशाख २१, काठमाडौं । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित भएको छ ।

सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने छ ।

यसबीचमा अत्यावश्यक अवस्थामा हेलिकोप्टर तथा जहाज चार्टर्ड गरेर भने उडाउन सकिने छ । नियमित उडान बन्द भएसँगै अग्रिम टिकट काटेका यात्रुले टिकट अर्को मितिमा सार्न वा टिकटको पैसा फिर्ता गर्न सक्छन् । यति एयरलाइन्सले एक सूचना जारी गर्दै भनेको छ, ‘यात्रुले रकम फिर्ता गर्न टिकट काटेको ठाउँमै सम्पर्क गर्नु पर्नेछ ।’

यसअघि उडान भएको अन्तिम दिन त्रिभुवन विमानस्थलबाट कुल ५७०५ जना यात्रुले यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलबाट सोमबार सो दिनका लागि निर्धारित कोटाअनुसार नै उडान भएको छ ।

यस दिन बुद्धले १८, यतिले १०, तारा र श्री एयरलाइन्सले ५/५ उडान गरेका छन् । समिट र नेपाल एयरलाइन्सले ४/४ उडान गरेका छन् । सौर्यको तीन उडान भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह