१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतबाट फर्किनेलाई राखिने होटलमा क्वरेण्टीन तोकियो, १० दिनमा कति लाग्छ खर्च ?

२२ बैशाख २०७८, बुधबार १०:०३

बैशाख २२, काठमाण्डौ | सरकारले भारतबाट नेपाल आउने यात्रुका लागि काठमाण्डौका आठ वटा होटललाई क्वरेण्टीनका रूपमा तोकेको छ । २३ गते बिहीवारदेखि अरू सबै अन्तर्राष्ट्रिय उडान बन्द भए पनि भारतबाट भने हप्तामा दुई वटा उडान हुनेछन् ।

भारतबाट आउनेहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ वटा होटल तोकेको हो । गोदावरीको भ्यु भृकुटी, गुहेश्वरीको माधव होटेल, एअरर्पोटको एअरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, गौशालाकै रिडर्स इन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिर्सोट र जगातीको ए–वान रिर्सोटलाई होटेल क्वरेण्टीनका रूपमा तोकिएको छ ।

यी होटलले ग्राहकबाट भ्याट र सेवा शुल्कसहित प्रतिदिन तीन हजार रुपैयाँका दरले शुल्क लिन पाउनेछन् । विमानस्थल आउजाउको लागि यातायात सुविधा र खाना तथा बस्नको प्रबन्ध हुनेछ । 

भारतबाट आएका यात्रु १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । उनीहरू क्वरेण्टीन बसे/नबसेको पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरेर दैनिक प्रतिवेदन सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ । १० दिन क्वरेण्टीनमा नबसेको पाइएमा तत्कालै कारबाही गरिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह