१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन

२३ बैशाख २०७८, बिहीबार ०३:५३

वैशाख २३, काठमाडौँ | शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।   

अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मङ्गलबार साँझ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा नं ३ का अध्यक्ष दीपक केसी अस्पताल पुग्नुभएको थियो । त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले  त्यस किसिमको व्यवस्था गरिएको बताउनुभयो । 

महानगर  प्रमुख शाक्यले कामपाले संस्थागत साझेदारीबाट कोभिड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । “जटिल अवस्थामा पुगेका कोभिडका बिरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिनेछौँ”, उहाँले भन्नुभयो ।  

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले २५० शय्या कोभिडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक दुईको मृत्यु भएको छ  । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह