२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हालसम्म आइसियू र अक्सिजनको अभाव छैन : बिएण्डसी

२५ बैशाख २०७८, शनिबार १०:५३

वैशाख २५, काठमाडौँ (रासस) । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का  बिरामीलाई उपचार गर्न  हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको  अभाव नरहेको जनाएको छ ।

बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटर सहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ । 

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख  छ ।

आज मात्र काठमाडौँस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय  सङ्क्रमित दीपकराज आङदम्बेलार्ई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ ।

  काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेको  विज्ञप्तिमा उल्लेख छ । शुक्रबार  दाङ र पर्साका दुई सङ्क्रमितलाई सो बिएण्डसी अस्पतालमा लगिएको थियो । 

उहाँले विज्ञप्तिमा भन्नुभएको छ “ कोरोना उपचारमा बिएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका सङ्क्रमितलाई उपचार गर्न  भेन्टिलेटर सहित (आइसियू तथा अक्सिजनको  अभाव नरहेको छैन ।

” अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिनुभएको जानकारी अनुसार  भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो  छ  ।

उहाँका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान