१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशी नागरिकलाई भिसामा विलम्ब शुल्क र जरिवाना नलाग्ने

२६ बैशाख २०७८, आईतवार ०६:४५

वैशाख २६, काठमाडौँ । सरकारले वैशाख १६ गतेदेखि उपत्यकाका साथै मुलुकका विभिन्न जिल्लामा लागू गरेको निषेधाज्ञाका कारण नेपालमै रोकिएका विदेशी नागरिकको हकमा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको छ ।

अध्यागमन विभागका अनुसार वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान स्थगत रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूशरु भएको मितिदेखि ७ दिनभि नेपालबाट प्रस्थान हुने विदेशीको हकमा भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको हो ।

साथै वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडा सूरु भएपछि पनि नेपालमै बस्न चाहने विदेशी नागरिकको हकमा निषेधाज्ञा समाप्त भएको मितिले ७ दिनभित्र भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका अध्यागमन कार्यालयमा आवेदन गरेमा बिलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको छ ।

त्यसका साथै गत वैशाख १५ गतेसम्म नेपालको वैध पर्यटन भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन अन्तर्गत गणना नगर्ने पनि स्पष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान स्थगन रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएको मितिदेखि ७ दिनभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिसा नियमित हुने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी