2026-09-08 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

वैशाख २६, काठमाडौँ (रासस) । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करीब रु दुई  करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका  लागि एक सय  अक्सिजन कन्सन्ट्रेटर  पठाउने निर्णय गरेको हो ।

बैठकमा संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नका लागि तत्काल  अक्सिजन सिलिन्डरलगायत समस्या रहेकाले अल्पकालीन तथा दीर्घकालीन योजनासहित  अघि बढ्नुपर्ने सुझाव दिनुभयो । 

अध्यक्ष  पन्तले सरकारका तर्फबाट स्वास्थ्योपचारमा पहल  हुँदाहँुदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा  बिरामीले अस्पतालमा शय्यासमेत नपाउने अवस्था रहेको जानकारी दिनुभयो ।  संघका उपाध्यक्ष डा बद्री केसीले संघका सक्रियतामा टेलिमेडिसिन सञ्चालन भइररहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताउनुभयो ।  संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्नका लागि  सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गर्नुभयो  । संघ अमेरिकाका महासचिव  पशुपति पाण्डेले संघ अमेरिकाका सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा  आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

 संघ बेलायतका अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिनुभयो । संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंँडेलले कोरोना भाइरसको  संक्रमणविरुद्ध लड्नका लागि नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायका तर्फबाट अर्थ संकलन भइहेको जानकारी दिनुभयो ।

बैठकमा वक्ताले कोभिड १९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पिसिआर टेष्ट र  स्वास्थ्य  जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव  दिएका थिए । बैठकले संघका अध्यक्ष पन्त तथा अन्य संक्रमितको स्वास्थ्यलाभको कामना गरेको संघ कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग