८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञामा काठमाडौँका अधिकांश सडक निर्माण ठप्प

२६ बैशाख २०७८, आईतवार ०९:३६

सञ्चिता घिमिरे । वैशाख २६, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन । 

निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै  सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनको निर्णय फिल्डमा खटिने व्यक्तिले नै नबुझेकाले गाडी समाउने गर्नुभएको छ ।”

प्रशासनले अहिले पूर्वाधार निर्माण ठप्प गर्न नचाहेको देखिए पनि बुझाइमा फरक परेकाले काम अघि बढाउन कठिन भइरहेको प्रमुख नेपालीले बताउनुभयो । उपत्यकामा खटिएका सुरक्षाकर्मीले नबुझेकै कारण गाडी रोकिरहेको देख्न सकिन्छ । उहाँले भन्नुभयो, “प्रहरी र ट्राफिक प्रहरीले चोकैपिच्छे निर्माण सामग्रीको गाडी रोकिदिँदा काम अघि बढ्दैन ।”

प्रशासनले न्यूनतम सङ्ख्यामा कामदार राखी स्वास्थ्य सावधानी अपनाएर निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो । अधिकांश काम रोकिएपछि अहिले दुईतीन जनाले गर्ने काम मात्रै भइरहेको प्रमुख नेपालीले बताउनुभयो । विभिन्न स्थानमा अहिले पैदलयात्रु मार्ग निर्माण र सडक चिह्न लगाउने काम भइरहेको छ । झट्ट हेर्दा काम भइरहेको जस्तो देखिए पनि निर्माणका हिसाबले ठप्प भएको उहाँको भनाइ छ । बजेट र डिभिजनको जिम्मेवारीका हिसाबले यो ज्यादै सानो काम हो । उहाँले भन्नुभयो, “अहिले मुख्य सडकमा देखिएको काम भनेको डिभिजनले गर्नुपर्ने काममध्ये असाध्यै कम हो ।”

निषेधाज्ञा जारी भएको एक सातासम्म निर्माण व्यवसायी र कम्पनीका इञ्जिनीयर सडकमा निस्कन पाएका थिएनन् । अहिले पनि अवरोधका कारण काम अघि बढाउन सकिएको छैन । डिभिजनले कुनै पनि स्थानमा निर्माण गर्दा  स्थानीयवासीसँग नजीक हुन नपर्ने काम गरौँ भन्दै आएको छ । सङ्क्रमणको जोखिमलाई विचार गरेर डिभिजनले पनि अहिलेको अवस्थामा सामान्य अवस्थामा जसरी काम गर्न नचाहेको प्रमुख नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सडक खाली हुँदा गर्न सकिने काम वा वर्षा पहिले गर्नुपर्ने काम गरौँ भन्दा सकिएको छैन ।”

काठमाडौँमा सवारी चाप बढिरहेका सडकमा सामान्यावस्थामा कालोपत्र थप्ने काम (ओभरले) गर्न गाह्रो हुन्छ । अहिले सवारी चाप कम भएका कारण निर्माण गर्न सजिलो हुन सक्ने डिभिजनले जनाएको छ । वर्षा पहिले गर्नुपर्ने ‘ओभरले’ गरेर खाल्डा छोप्दा मात्रै सडक राम्रो अवस्थामा हुन्छ । त्यो गर्न नसक्दा वर्षा सकिएपछि सबैतिर खाल्डैखाल्डा देखिन्छ । उहाँले भन्नुभयो, “त्यो कामका लागि धेरै जना मान्छे पनि चाहिँदैन ।”

काठमाडौँमा निर्माणको काम हुने भएकाले धेरै मजदूर निर्माणस्थलमा छन् । निर्माण अघि बढाउने वातावरण नभएपछि उनीहरु त्यसै बस्नुपर्ने अवस्था छ । ती मजदूर घर फर्किएर गएमा यस वर्ष पुनः काम गर्न नसकिने प्रमुख नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “भएका मजदूरलाई परिचालन गरेर काम गर्न पनि सकिएको छैन ।” 

चालु आवभित्रै गरिसक्नुपर्ने निर्माणको काममा ढिलाइ हुँदा धेरै कुरामा असर गर्ने प्रमुख नेपालीले बताउनुभयो । सरकारले निर्माणाधीन ठेक्कामा निर्माण व्यवसायीलाई अहिले पूँजीगत खर्च दिन सक्ने भए पनि नहुँदा अर्काे  आव शुरु भएपछि पुनः एक वर्ष धकेलिन्छ । त्यस्तै ठेक्काको अवधि सकिनै लागेकामा पनि काम गर्ने वातावरण नभएपछि अवधि थप गर्नुपर्ने हुन्छ । निर्माण व्यवसायीलाई पनि बैंक ग्यारेन्टी र बीमाको विषय जोडिन्छ । उहाँले भन्नुभयो, “समग्रमा काम हुन नसकेपछि खर्च बढ्न जान्छ ।”

देशभरका सबै सडक योजनामा अन्तिम चौमासिकमा भौतिक र आर्थिक दुवै प्रगति उल्लेखीय रुपमा हुने गरेको छ । विभाग वा डिभिजनका कारणभन्दा पनि निर्माण व्यवसायी आर्थिक वर्षका अन्तिममा बाँकी काम हतार गरेर पनि सकाउने गर्छन् । चालु आव पनि काम गर्ने मुख्य समयमा निर्माण ठप्प हुँदा चौमासिक र वार्षिक लक्ष्य पूरा नहुने देखिएको छ ।  

गत आवमा पनि अन्तिम चौमासिकको शुरुदेखि (चैत ११ ) देखि नै सरकारले बन्दाबन्दी लागु गरेको थियो । सो समयमा अधिकांश सेवा ठप्प हुँदा पनि कतिपय स्थानमा पूर्वाधार निर्माण अघि बढाइएको थियो । सवारी चाप कम भएकै मौकामा काठमाडौँ डिभिजनले मुख्य सडकमा ‘ओभरले’ गरेको थियो । डिभिजनले विभिन्न स्थानमा सडक चिह्न लगाउने काम पनि गरेको थियो । बन्दाबन्दीका अवधिमा भएका निर्माणका कारण त्यसपछि काठमाडौँ उपत्यकाका सडक सुन्दर देखिएका थिए । अहिले निषेधाज्ञा जारी भएको १० दिनसम्म निर्माण ठप्प छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री