2026-09-22 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञामा काठमाडौँका अधिकांश सडक निर्माण ठप्प

सञ्चिता घिमिरे । वैशाख २६, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन । 

निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै  सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनको निर्णय फिल्डमा खटिने व्यक्तिले नै नबुझेकाले गाडी समाउने गर्नुभएको छ ।”

प्रशासनले अहिले पूर्वाधार निर्माण ठप्प गर्न नचाहेको देखिए पनि बुझाइमा फरक परेकाले काम अघि बढाउन कठिन भइरहेको प्रमुख नेपालीले बताउनुभयो । उपत्यकामा खटिएका सुरक्षाकर्मीले नबुझेकै कारण गाडी रोकिरहेको देख्न सकिन्छ । उहाँले भन्नुभयो, “प्रहरी र ट्राफिक प्रहरीले चोकैपिच्छे निर्माण सामग्रीको गाडी रोकिदिँदा काम अघि बढ्दैन ।”

प्रशासनले न्यूनतम सङ्ख्यामा कामदार राखी स्वास्थ्य सावधानी अपनाएर निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो । अधिकांश काम रोकिएपछि अहिले दुईतीन जनाले गर्ने काम मात्रै भइरहेको प्रमुख नेपालीले बताउनुभयो । विभिन्न स्थानमा अहिले पैदलयात्रु मार्ग निर्माण र सडक चिह्न लगाउने काम भइरहेको छ । झट्ट हेर्दा काम भइरहेको जस्तो देखिए पनि निर्माणका हिसाबले ठप्प भएको उहाँको भनाइ छ । बजेट र डिभिजनको जिम्मेवारीका हिसाबले यो ज्यादै सानो काम हो । उहाँले भन्नुभयो, “अहिले मुख्य सडकमा देखिएको काम भनेको डिभिजनले गर्नुपर्ने काममध्ये असाध्यै कम हो ।”

निषेधाज्ञा जारी भएको एक सातासम्म निर्माण व्यवसायी र कम्पनीका इञ्जिनीयर सडकमा निस्कन पाएका थिएनन् । अहिले पनि अवरोधका कारण काम अघि बढाउन सकिएको छैन । डिभिजनले कुनै पनि स्थानमा निर्माण गर्दा  स्थानीयवासीसँग नजीक हुन नपर्ने काम गरौँ भन्दै आएको छ । सङ्क्रमणको जोखिमलाई विचार गरेर डिभिजनले पनि अहिलेको अवस्थामा सामान्य अवस्थामा जसरी काम गर्न नचाहेको प्रमुख नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सडक खाली हुँदा गर्न सकिने काम वा वर्षा पहिले गर्नुपर्ने काम गरौँ भन्दा सकिएको छैन ।”

काठमाडौँमा सवारी चाप बढिरहेका सडकमा सामान्यावस्थामा कालोपत्र थप्ने काम (ओभरले) गर्न गाह्रो हुन्छ । अहिले सवारी चाप कम भएका कारण निर्माण गर्न सजिलो हुन सक्ने डिभिजनले जनाएको छ । वर्षा पहिले गर्नुपर्ने ‘ओभरले’ गरेर खाल्डा छोप्दा मात्रै सडक राम्रो अवस्थामा हुन्छ । त्यो गर्न नसक्दा वर्षा सकिएपछि सबैतिर खाल्डैखाल्डा देखिन्छ । उहाँले भन्नुभयो, “त्यो कामका लागि धेरै जना मान्छे पनि चाहिँदैन ।”

काठमाडौँमा निर्माणको काम हुने भएकाले धेरै मजदूर निर्माणस्थलमा छन् । निर्माण अघि बढाउने वातावरण नभएपछि उनीहरु त्यसै बस्नुपर्ने अवस्था छ । ती मजदूर घर फर्किएर गएमा यस वर्ष पुनः काम गर्न नसकिने प्रमुख नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “भएका मजदूरलाई परिचालन गरेर काम गर्न पनि सकिएको छैन ।” 

चालु आवभित्रै गरिसक्नुपर्ने निर्माणको काममा ढिलाइ हुँदा धेरै कुरामा असर गर्ने प्रमुख नेपालीले बताउनुभयो । सरकारले निर्माणाधीन ठेक्कामा निर्माण व्यवसायीलाई अहिले पूँजीगत खर्च दिन सक्ने भए पनि नहुँदा अर्काे  आव शुरु भएपछि पुनः एक वर्ष धकेलिन्छ । त्यस्तै ठेक्काको अवधि सकिनै लागेकामा पनि काम गर्ने वातावरण नभएपछि अवधि थप गर्नुपर्ने हुन्छ । निर्माण व्यवसायीलाई पनि बैंक ग्यारेन्टी र बीमाको विषय जोडिन्छ । उहाँले भन्नुभयो, “समग्रमा काम हुन नसकेपछि खर्च बढ्न जान्छ ।”

देशभरका सबै सडक योजनामा अन्तिम चौमासिकमा भौतिक र आर्थिक दुवै प्रगति उल्लेखीय रुपमा हुने गरेको छ । विभाग वा डिभिजनका कारणभन्दा पनि निर्माण व्यवसायी आर्थिक वर्षका अन्तिममा बाँकी काम हतार गरेर पनि सकाउने गर्छन् । चालु आव पनि काम गर्ने मुख्य समयमा निर्माण ठप्प हुँदा चौमासिक र वार्षिक लक्ष्य पूरा नहुने देखिएको छ ।  

गत आवमा पनि अन्तिम चौमासिकको शुरुदेखि (चैत ११ ) देखि नै सरकारले बन्दाबन्दी लागु गरेको थियो । सो समयमा अधिकांश सेवा ठप्प हुँदा पनि कतिपय स्थानमा पूर्वाधार निर्माण अघि बढाइएको थियो । सवारी चाप कम भएकै मौकामा काठमाडौँ डिभिजनले मुख्य सडकमा ‘ओभरले’ गरेको थियो । डिभिजनले विभिन्न स्थानमा सडक चिह्न लगाउने काम पनि गरेको थियो । बन्दाबन्दीका अवधिमा भएका निर्माणका कारण त्यसपछि काठमाडौँ उपत्यकाका सडक सुन्दर देखिएका थिए । अहिले निषेधाज्ञा जारी भएको १० दिनसम्म निर्माण ठप्प छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय