१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा १५ खानेपानी आयोजना सम्पन्न, कुन कुन आयोजना परे ?

२८ बैशाख २०७८, मंगलवार ०६:०२

वैशाख २८, लमजुङ (रासस)। प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो । 

प्रदेश सरकारको चालु आव २०७७/७८ मा सञ्चालन भएका ५० योजनाका लागि रु ११ करोड ६० लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका योजनाहरूमा रु २४ लाख लागतको दोर्दी गाउँपालिका–२ को अर्चलबोट खानेपानी आयोजना रु ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका–७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ । 

त्यस्तै रु १२ लाख लागतको मध्यनेपाल नगरपालिका–८ को कल्याणबेँसी खानेपानी योजना, रु १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङ्दी गाउँपालिका–१ र २ को घनापोखरा खानेपानी आयोजना रु १२ लाखमा सम्पन्न भएको छ । 

त्यस्तै, दोर्दी गाउँपालिका–८ बन्सार खानेपानी आयोजना रु ३७ लाख लागत, राइनास नगरपालिको राइनास बृहत् खानेपानी आयोजना रु ३२ लाख ५० हजार बजेट, बेँसीशहर नगरपालिका–४ को हिले खानेपानी आयोजना र चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ । मस्र्याङ्दी गाउँपालिका–४ को मिप्रा स्याँगे खानेपानी आयोजना रु १२ लाखमा काम सकिएको छ ।

त्यस्तै, क्व्होलासोंथर गाउँपालिका–६ को पसगाउँ खानेपानी आयोजना रु ३७ लाख बजेटमा, १२ लाखमा बेँसीशहर नगरपालिका–२ मा असिमुरे खानेपानी आयोजना, १२ लाखमा सुन्दरबजार नगरपालिका–५ खरिभञ्ज्याङ खानेपानी आयोजना, ३६ लाखमा मध्यनेपाल नगरपालिका–३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका–८ को बलिथुम खानेपानी आयोजना, सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङले जनाएको छ । 

बाँकी अन्य निर्माणाधीन आयोजनासमेत अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाहरू सङ्घीय ससर्त अनुदानका २५ योजनामध्ये नौवटा आयोजनाहरुसमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाका कामसमेत तीव्र गतिमा अघि बढिरहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह