Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २९, काठमाडौं। एक सातादेखि बढिरहेको सुनको मूल्यमा बुधबार गिरावट आएको छ। मंगलबारका तुलनामा भन्दा आज सुन तोलामा ३ सय रुपैयाँले घटेको छ।

बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ३ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा भएको थियो। पछिल्लो समय जारी निषेधाज्ञाले गर्दा सुनको कारोबार उपत्यका बाहिरका केही जिल्लाहरुमा मात्र छ ।

चाँदीको मूल्य भने बुधबार स्थिर छ। मंगलबार १५ रुपैयाँ घट्दा कारोबार मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ भएको थियो। अन्तर्राष्ट्रिय बजारमा केही दिनयता लगातार बढ्न थालेको सुनको मूल्य बुधबार थोरै घटेको छ। सुन प्रतिऔंस १८३०.९४ डलर र चाँदी प्रतिऔंस २७ .३९ डलर भएको छ। मंगलबार सुन प्रतिऔंस १८३५.९४ डलर र चाँदी प्रतिऔंस २७.३५ डलरमा कारोबार भएको थियो।