2026-09-22 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्यो, नौ महिनामै एक अर्ब ९ करोड रुपैयाँ नाफा

वैशाख २९, काठमाडौं। शिवम् सिमेन्टले नौं महिनामा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले अघिल्लो चैतको ८६ करोड १५ लाख रुपैयाँको नाफालाई २६.५२ प्रतिशतले बढाएको हो।

कम्पनीले सिमेन्ट बिक्री ३.८२ प्रतिशतले बढाएको छ। अघिल्लो चैतसम्म ७ अर्ब ८ करोडको सिमेन्ट बिक्री गरेको कम्पनीले यसपाली ७ अर्ब ३५ करोड रुपैयाँको बिक्री गरेको छ। 

बिक्रीसँगै उत्पादन लागत पनि सामान्य बढेको छ। २ अर्ब ७५ करोडको कच्चा पदार्थ खरीद गरिरहेको शिवम्ले यसपाली ३ अर्ब ५ करोडको खरीद गरेको छ। उत्पादन बढाउँदासमेत यसपाली बिजुली तथा अन्य इन्धन खर्च  घटेको छ। एक अर्ब ६५ करोडको खर्च एक अर्ब ५४ करोडमा झरेको छ।

कम्पनीको कर्मचारी, वित्तलगायत गरेर कुल खर्च जम्मा ०.४५ प्रतिशतले बढेको छ। उत्पादनसँगै खर्च घट्दा नाफा बढेको हो। कुल खर्च ६ अर्ब ६ करोडबाट ६ अर्ब ९ करोड पुगेको छ।

कम्पनीको प्रति सेयर आम्दानी ३३ रुपैयाँ छ। चार अर्ब ४० करोड सेययर पुँजी रहेको कम्पनीको जगेडा कोषसहितको कुल पुँजी ९ अर्ब ४७ करोड रुपैयाँ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय