१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्यो, नौ महिनामै एक अर्ब ९ करोड रुपैयाँ नाफा

२९ बैशाख २०७८, बुधबार ०६:०९

वैशाख २९, काठमाडौं। शिवम् सिमेन्टले नौं महिनामा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले अघिल्लो चैतको ८६ करोड १५ लाख रुपैयाँको नाफालाई २६.५२ प्रतिशतले बढाएको हो।

कम्पनीले सिमेन्ट बिक्री ३.८२ प्रतिशतले बढाएको छ। अघिल्लो चैतसम्म ७ अर्ब ८ करोडको सिमेन्ट बिक्री गरेको कम्पनीले यसपाली ७ अर्ब ३५ करोड रुपैयाँको बिक्री गरेको छ। 

बिक्रीसँगै उत्पादन लागत पनि सामान्य बढेको छ। २ अर्ब ७५ करोडको कच्चा पदार्थ खरीद गरिरहेको शिवम्ले यसपाली ३ अर्ब ५ करोडको खरीद गरेको छ। उत्पादन बढाउँदासमेत यसपाली बिजुली तथा अन्य इन्धन खर्च  घटेको छ। एक अर्ब ६५ करोडको खर्च एक अर्ब ५४ करोडमा झरेको छ।

कम्पनीको कर्मचारी, वित्तलगायत गरेर कुल खर्च जम्मा ०.४५ प्रतिशतले बढेको छ। उत्पादनसँगै खर्च घट्दा नाफा बढेको हो। कुल खर्च ६ अर्ब ६ करोडबाट ६ अर्ब ९ करोड पुगेको छ।

कम्पनीको प्रति सेयर आम्दानी ३३ रुपैयाँ छ। चार अर्ब ४० करोड सेययर पुँजी रहेको कम्पनीको जगेडा कोषसहितको कुल पुँजी ९ अर्ब ४७ करोड रुपैयाँ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह