पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख २९, काठमाडौं।</b> साताको पाचौँ दिन आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सयले घटेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको छ।<br></p><p>आज तेजाबी सुन पनि ४ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँ प्रतितोला पुगेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । </p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ५ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।</p>

