२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमको नाफा ५ अर्ब ८८ करोड

२०७८, ३० बैशाख बिहीबार ०७:४१

वैशाख ३०, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले रू. ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा २२ प्रतिशतले कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार खुद नाफा गरेको थियो ।

गत वर्ष रू. ३२ अर्ब २७ करोड २३ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार मात्र यो आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रहेको छ । चुक्तापूँजीमा गत वर्षको तुलनामा कुनै परिवर्तन नभएको कम्पनीको जगेडा कोष रकम पनि करिब ८ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार थियो ।

कम्पनीको कुल चालू सम्पत्ति रू. ६२ अर्ब ६ करोड २६ लाख र कुल चालू दायित्व रकम रू. ३१ अर्ब ८६ करोड २४ लाख ७४ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ६५३ दशमलव १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा