२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘भालिवाङ जलविद्युत् आयोजना दोस्रो’ सञ्चालनमा

२०७८, ३० बैशाख बिहीबार ०७:४४

वैशाख ३०, बलेवा (रासस)। ढोरपाटन नगरपालिका–९ खुँगाका दीर्घलाल गैरेको घरमा अहिले झिलिमिली बत्ती छ । धिपधिप बल्ने बत्ती बालेको लामो समयपछि उहाँको घर भिलिमिली भएको हो । खुँगामा केन्द्रिय प्रसारण लाइन पुगेको छैन । 

स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालिएको बिजुली गाउँभरि बाँड्दा कहिले बत्ती उज्यालो बल्थ्यो भने कहिले धिपधिप । खुँगामा केही वर्षपहिले ‘भालिवाङ जलविद्युत् आयोजना पहिलो’ सञ्चालन थियो । तीस किलोवाट क्षमताको उक्त आयोजनाले गाउँमा विद्युत् नपुगेपछि अहिले सोही खोलामा भालिवाङ जलविद्युत् आयोजना दोस्रो सञ्चालनमा आएको गैरेले बताउनुभयो । तमानखोलामा निर्माण भएको उक्त आयोजनाले ढोरपाटन–४ खुँगाका गाउँहरु भिलिमिली बनाएको हो ।

“पहिलेको आयोजना निकै टाढाबाट नहर निर्माण गरेर ल्याइएको थियो, बेलाबेलामा समस्या आइरहन्थ्यो”, गैरेले भन्नुभयो, “अहिले ८० मिटरको नहर छ, १०० किलोवाट बिजुली निस्किएको छ ।” आयोजना निर्माणमा रु चार करोडभन्दा बढी लगानी भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक अनुदान, नगरपालिकाअन्र्तगत वडाको बजेट र स्थानीय जनताको जनश्रमदान गरी रु चार करोडभन्दा बढी लगानी लागेको आयोजनाका प्रबन्धकसमेत रहेका गैरेले बताउनुभयो ।

यहाँ उत्पादन भएको विद्युत्ले खुँगाको छोरेगाउँ, सोरबाङ, भालिवाङ र खुँगा गाउँलाई उज्यालो पुगेको छ । पहिलेको आयोजनाले गाउँलाई बिजुली अपुग भएपछि फेरि नयाँ योजना ल्याइएको आयोजनाका अध्यक्ष गणेश थापाले बताउनुभयो । आयोजनाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पाउनुपर्ने केही रकम भने अझै पाएको छैन । भालिवाङ जलविद्युत् आयोजना निर्माणमा केन्द्रको रु दुई करोड आठ लाख अनुदान सहयोग रहेको छ । वडा कार्यालयबाट रु ९० लाख विनियोजन गरिएको वडाध्यक्ष तिलक पुनले बताउनुभयो । 

खुँगाका ३८८ घरधुरी लाभान्वित हुनेगरी निर्माण गरिएको जलविद्युत् आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताबाट प्रतिघरधुरी रु पाँच हजारका दरले नगद सङ्कलन गरिएको थियो । स्थानीयवासीले श्रमदानसमेत गरेको वडा कार्यालयले जनाएको छ । 

गाउँमा विद्युत् उत्पादन भएपछि स्थानीयस्तरमा चल्ने मिल, फर्निचर उद्योग, टेलिकम टावर, कुखुरा फार्मलगायतका उद्योगहरुका लागि सहज भएको छ । सञ्चारका साधनहरु चलाउन स्थानीयवासीलाई सहज भएको स्थानीय उपभोक्ता वीरसिंह छन्त्यालले बताउनुभयो ।

बागलुङको कर्णाली भनेर चिनिने ढोरपाटनको खुँगा गाउँका स्थानीयवासी अहिले निकै खुसी छन् । बुर्तिबाङ बजारमा यसै वर्ष पुगेको केन्द्रिय प्रसारण लाइन गाउँमा पुग्न केही समय लाग्ने भएकाले भालिवाङ दोस्रो आयोजनाले गर्जो टारेको वडाध्यक्ष पुनले बताउनुभयो ।

“केन्द्रिय प्रसारण लाइनका लागि हामीले पहलकदमी गरेका छौँ, तत्कालको समस्या यो आयोजनाले पूरा गरेको छ”, पुनले भन्नुभयो, “केन्द्रिय प्रसारण लाइनको पहुँच पुग्दा पनि साना आयोजनाको उपयोग गर्ने योजना बनाएका छौं  ”।

पश्चिम बागलुङका ढोरपाटन, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका अधिकांश बस्तीमा स्थानीय खोलामा उत्पादन भएका लघु जलविद्युत् आयोजनाहरुबाटै विद्युत् आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने