१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से १० अङ्कले बढ्यो, १३ कम्पनीको शेयर झण्डै १० अङ्कले बढ्यो

३० बैशाख २०७८, बिहीबार ०९:५२

वैशाख  ३०, काठमाडौँ ।  शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलविद्युतको ३७ अङ्कले, फाइनान्सको ६० अङ्कले, माइक्रोफाइनान्सको पाँच अङ्कले, जीवन बीमा समूहको शेयर ८५ अङ्कले, निर्जीवन बीमा समूहको साढे पाँच अङ्कले र अन्य समूहको शेयर १३ अङ्कले बढेको छ ।

आज दुई सय १८ कम्पनीका दुई करोड १९ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दिव्यश्वरी हाइड्रो र समता फाइनान्सको शेयर १० प्रतिशत र अरू ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रिडी हाइड्रोपावर विकास कम्पनीको शेयर दुई प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह