2026-09-22 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञापछि ११ उद्धार उडान

वैशाख ३१, चितवन (रासस)। जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो ।

शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँबाट उद्धार उडान भएको शर्माले जानकारी दिनुभयो । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए । 

कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युट एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौँलगायत मुख्य शहरी क्षेत्रमा सङ्क्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ सङ्क्रमित ल्याउने गरिएको छ । बाहिरी जिल्लाबाट ल्याइने सङ्क्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुगाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय