पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३१, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले आज देखि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको जानकारी गराएको छ । दुवै बैंकबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपछि दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ को विनियम ६ को १ बमोजीम आज वैशाख ३१ गतेदेखि कारोबार रोक्का भएको छ ।