Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, काठमाडौँ | नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ ।

महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरसविरुद्धको खोपका लागि कुनै कागजपत्र आवश्यक परे महावाणिज्यदूतावासमा सम्पर्क राख्न आग्रह गर्नुभयो ।

कोरोना भाइरसविरुद्ध जीत हासिल गर्न नेपाल र भारतका स्वास्थ्य मापदण्ड  अपनाउन, घरैमा बस्न तथा सबै नेपाली एकजुट हुन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

यसैबीच श्रीश्रीश्री जानकीमाता नेपाली धार्मिक सङ्घले कोरोनापीडित नेपालीका लागि दुई एम्बुलेन्समार्फत निःशुल्क घुम्ती सेवा शुरु गरेको छ । नेपालीहरु कसैलाई अस्पताल जानआउन वा अन्य समस्या भएमा एम्बुलेन्स सेवा लिन आग्रह गरिएको सङ्घका सभापति गुञ्जदास श्रेष्ठ र जानकी माता नेपाली महिला कल्याणकारी कोषका अध्यक्ष रमा शर्मा पौडेलले बताउनुभयो । रासस