पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २, काठमाडौँ । एनएमबि बैंकले साढे ८ प्रतिशत ब्याज दरको ऋणपत्र आजबाट जारी गरेको छ। बैंकको ऋणपत्रमा छिटोमा ५ गते र पर्याप्त आवेदन नपरेमा १६ गतेसम्म आवेदन दिन सकिने छ।

अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गरेको हो। बैंकले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी गर्ने छ। साँवा ऋणपत्र परिपक्व भएपछि भुक्तानी हुने छ।

बैंकले कुल २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र 'प्राइभेट प्लेसमेन्ट' बाट बिक्री गर्ने छ। बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ। बाँकी ऋणपत्र मात्र सर्वसाधारणले खरिद गर्न पाउने छन्।