2026-09-22 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से ऐतिहासिक उचाईमा, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

जेठ ३, काठमाडौं । आइतबार ५४ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको नेप्से सूचकले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । 

सोमबार २१८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा खरिदबिक्री भएको छ। सोमबार  कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ। सोमबार कारोबारमा आएका १३ मध्ये होटल तथा टुरिजम्, विकास बैंक र उत्पादनमुलक बाहेक सबै समुहका सूचक बढेका छन् । जलविद्युत र अन्यको सूचक साढे २ प्रतिशत धेरैले बढेको बजारमा बाँकी आठ समुहको सूचक एक प्रतिशतभन्दा कमले बढेका छ ।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६६ करोड १ लाखको शेयर खरीद बिक्री हुँदा नेपाल टेलिकम ४२ करोड ६९ लाख, शिखर इन्स्योरेन्स ३१ करोड ७९ लाख, अरुण काबेली २५ करोड १ लाख र अपर तामाकोशीको २१ करोड ५३ लाखको शेयर कारोबारमा आएको छ । नेपाल लाइफ, निफ्रा, सानिमा बैंक, एचआईडिसिएल, र सूर्या लाइफको पनि उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको सूर्या लाइफको १३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन रुरु जलविद्युत परियोजना, समता लघुवित्त, राधी विद्युत्त कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, गुराँस लघुवित्त, बरुण हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको मुलय करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । मितेरी डेभलपमेन्ट बैंकर पाँचथर पावरको पनि करिब ९ प्रतिशतले मूल्य बढेको छ ।

सोमबार विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १.८४ प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको १.७६ प्रतिशत, ज्योति विकास बैंकको १.७४ प्रतिशत, आइसिएफसि फाइनान्सको १.४८ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य १.४७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु