जेठ ४, काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो । पछिल्लो समय अमेरिकी डलरको मूल्य घटिरहेको छ ।
यस्तै, एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैयाँ रहेको छ । यस्तै जापानिज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक्रिदर १०.७६ रुपैयाँ भएको छ । कतारियन एक रियालको खरिददर ३२.९ रुपैयाँ र बिक्रिदर ३२.२५ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.२८ रुपैयाँ र बिक्रिदर १०.३३ रुपैयाँ रहेको छ ।