विजय थापा | साउन २७, वाशिंगटन डिसी | पर्यटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | साउन २७, वाशिंगटन डिसी | पर्यटन"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजसेवी राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त

२७ श्रावण २०७३, बिहीबार ०८:४२


विजय थापा | साउन २७, वाशिंगटन डिसी | पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । 

उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् l पुर्खौली घर ओखलढुंगा रुम्जाटार रहेको बताउने घले अमेरिकामा झण्डै दुई दशक देखि जर्जियामा बसोबास गर्छन l नव नियुक्त घले नेपाली समुदाय संग मात्र नभई अन्य संघ तथा संस्थामा त्यतिकै सक्रिय छन् l

पर्यटन बोर्डले नियुक्त गरे पछि सामाजिक संजाल मार्फत पर्यटन बोर्डलाई धन्यवाद दिदै आफू उत्प्रेरित हुनु को साथै निकै उत्साहित भएको बताएका छन् l बोर्डले दिएको जिम्मेबारलाई कर्तब्यनिष्ठको साथ निभाउने प्रतिबद्धता जाहेर गरेका छन् l

घले एक प्रतिष्ठित अन्तरराष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिल (एप्याक) को पूर्व महासचिब जस्तो गरिमय पदमा बसेर सिङ्गो राष्ट्र नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरेका थिए l नेपाली समुदायमा ख्यातिप्राप्त संस्था नेपलिज एशोसियसन इन साउथ इस्ट अमेरिका- नासाको पूर्व अध्यक्ष, एनआरएन. आईसीसीका अमेरिकाका पूर्व आईसीसी सदस्य ,एनआरएन.एनसीसी अफ यूयसएको सह-अध्यक्ष तथा भिजिट नेपाल २०११ को लागि अध्यक्ष भै योगदान पुरयाई  सकेका छन् l 

यसैगरि केहि बर्ष अगाडी नेपाली व्यवसायी एवं समाज सेवामा सक्रिय रहेका राजा घलेलाई यहाँ रहेका नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ जर्जिया (न्याग) ले हिरो अफ द इयरको रुपमा सम्मान गरेको थियो l 

बिमान चालक बन्ने सपना बुनेर नेपाल बाट अमेरिका आएका घले बिमान चालक पनि हुन् l समाज सेवा गर्न रहर लाग्ने बताउने घले आफ्नो ब्यबसायमा पनि संलग्न रहेका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार