विजय थापा | साउन २७, वाशिंगटन डिसी | पर्यटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | साउन २७, वाशिंगटन डिसी | पर्यटन"/>

2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजसेवी राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त


विजय थापा | साउन २७, वाशिंगटन डिसी | पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । 

उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् l पुर्खौली घर ओखलढुंगा रुम्जाटार रहेको बताउने घले अमेरिकामा झण्डै दुई दशक देखि जर्जियामा बसोबास गर्छन l नव नियुक्त घले नेपाली समुदाय संग मात्र नभई अन्य संघ तथा संस्थामा त्यतिकै सक्रिय छन् l

पर्यटन बोर्डले नियुक्त गरे पछि सामाजिक संजाल मार्फत पर्यटन बोर्डलाई धन्यवाद दिदै आफू उत्प्रेरित हुनु को साथै निकै उत्साहित भएको बताएका छन् l बोर्डले दिएको जिम्मेबारलाई कर्तब्यनिष्ठको साथ निभाउने प्रतिबद्धता जाहेर गरेका छन् l

घले एक प्रतिष्ठित अन्तरराष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिल (एप्याक) को पूर्व महासचिब जस्तो गरिमय पदमा बसेर सिङ्गो राष्ट्र नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरेका थिए l नेपाली समुदायमा ख्यातिप्राप्त संस्था नेपलिज एशोसियसन इन साउथ इस्ट अमेरिका- नासाको पूर्व अध्यक्ष, एनआरएन. आईसीसीका अमेरिकाका पूर्व आईसीसी सदस्य ,एनआरएन.एनसीसी अफ यूयसएको सह-अध्यक्ष तथा भिजिट नेपाल २०११ को लागि अध्यक्ष भै योगदान पुरयाई  सकेका छन् l 

यसैगरि केहि बर्ष अगाडी नेपाली व्यवसायी एवं समाज सेवामा सक्रिय रहेका राजा घलेलाई यहाँ रहेका नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ जर्जिया (न्याग) ले हिरो अफ द इयरको रुपमा सम्मान गरेको थियो l 

बिमान चालक बन्ने सपना बुनेर नेपाल बाट अमेरिका आएका घले बिमान चालक पनि हुन् l समाज सेवा गर्न रहर लाग्ने बताउने घले आफ्नो ब्यबसायमा पनि संलग्न रहेका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो