2026-08-25 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभु क्यापिटलको १ अर्बको म्युचुअल फण्डमा आवेदन खुला

जेठ ५, काठमाडौं। प्रभु क्यापिटलले आज जेठ ५ गतेदेखि सामुहिक लगानी कोषको इकाई बिक्रि खुला गरेको छ । क्यापिटलले  १ अर्ब रकम बराबरको सेलेक्ट फण्ड नामको योजनाको इकाई निष्काशन गर्ने भएको हो ।  यो फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो ।

यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन् । यस क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । कुल १० करोड युनिट मध्ये १ करोड ५० लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गरिएको छ ।  

इच्छुक लगानीकर्ताले आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले जेठ ९ गतेसम्म र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

 क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने जनाएको छ । कम्पनीका अनुसार यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन् ।

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणा सम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन