Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ६, काठमाडौं। निषेधाज्ञाका कारण बजार बन्द रहेर कारोबार ठप्प भएका बेला पनि सुनको मूल्यमा बढोत्तरी भएको छ। बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार  मूल्य प्रतितोला ९३ हजार  ७ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार १ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ भएको महासंघले जनाएको छ। बुधबार १० रुपैयाँ बढ्दा प्रतितोला १३ सय ७० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन। बिहीबार सुन प्रतिऔंस १८७५.५२ डलर र चाँदी  प्रतिऔंस २७.७७ डलरमा कारोबार भएको छ।