१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने

६ जेष्ठ २०७८, बिहीबार ०९:०३

 जेठ ६, काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अध्यागमन विभागले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसअघि विभागले कार्यालय समय घटाएर काम गरिरहेको थियो ।

विभागका अनुसार यो अवधिमा नेपालमा अलपत्र परेका विदेशीको प्रस्थान सहजीकरण सम्बन्धी कार्य भने नियमित हुनेछ । अध्यागमन विभागको स्थान हदमा रहेका, कारागार तथा अन्य निकायबाट जिम्मा लगाइएको विदेशीको निष्काशन सम्बन्धी काम समेत नियमित हुनेछ ।

नेपालमा जन्म भई विदेशी राहदानी प्राप्त गरेका नाबालक यसै अवधिमा विदेश प्रस्थान गर्ने भएमा निजलाई  प्रदान गरिने प्रवेश भिसा सम्बन्धित काम समेत निरन्तर रहने भएको छ । यस अवधिमा नेपाल बाहिर प्रस्थान गर्ने विदेशीको हकमा प्रस्थानको समयमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलबाटै भिसा नियमित हुने भएको छ । नेपालमै रहेका विदेशीले अध्यागमनसम्बन्धी सेवा लिन परेमा भने निषेधाज्ञा खुलेको १ सातासम्म बीना कुनै शुल्क तथा जरिवाना सेवा लिन सक्ने भएका छन् ।

यसबीचमा अत्यावश्यक परि भिसा नियमित गर्नुपर्ने, पदयात्रा अनुमति लिनु परे वा अन्य सेवा लिनु पर्ने विभागका सम्पर्क गर्न समेत सेवाग्राहीसँग विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह