१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

१० जेष्ठ २०७८, सोमबार १२:३६

जेठ १०, काठमाडौँ | कोरोना कहरले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव परेपनि धितोपत्र बजारमा भने त्यसले कुनै प्रभाव पारेको छैन । हरेक दिन नयाँ नयाँ रेकर्ड बनीरहेको छ । आइतबार सबैभन्दा उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएपनि कारोवार रकम भने उच्च देखिएको छ ।

कारोवार रकमका आधारमा आज नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । अधिकांश लगानीकर्ता घरमै रहेर विद्युतीय माध्यमबाट कारोवार गरेका कारण पनि नेप्सेले नयाँ उचाइ कायम गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३.०७ अङ्कले वृद्धि भई नेप्से दुई हजार ८२३.०६ मा पुगेको छ । नेप्सेको यो उचाइसमेत हालसम्मकै सबैभन्दा बढी हो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूच्क समेत १.३१ ले वृद्धि भई ५०८.४९ मा पुगेको छ । कूल २१६ कम्पनीको दुई करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर रु १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ मूल्यमा खरिद बिक्री भएको छ । निषेधाज्ञाको समयमा भएको यो कारोवार रकम समेत आफैमा ठूलो हो ।

यस्तै, बजार पूँजीकरण समेत रु ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख ४७ हजार ३६९ बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । मुलुकको कूल गार्हस्थ उत्पादन भन्दा बढी बजार पूँजीकरण पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूह मध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.०८, जलविद्युत् ५.२, निर्जीवन बीमा १९६.६४, सामूहिक लगानी कोष ०.०९ र लगानी १.४१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ५७.६, होटल तथा पर्यटन १७, विकास बैंक ३२.९, वित्त ३६.४२, उत्पादन ४७.८२, अन्य ९.३१, लघुवित्त ५.३७, जीवन बीमा ५५.६१ बिन्दुले घटेको छ ।  

कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । आइतबार मात्रै  नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर बिक्रीका लागि स्वीकृति पाएको सो कम्पनीको आज रु एक अर्ब २६ करोड १९ लाख ६७० बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै, नेको इन्स्योरेन्स रु ३७ करोड ३३ लाख ७८ हजार २००, नेपाल पुनरबीमा कम्पनी रु २८ करोड २० लाख ९९ हजार ९०२, आइएमई नरल इन्स्योरेन्स रु २५ करोड ७० लाख ७१ हजार ८४२, सूर्य लाइफ इन्स्योरेन्स रु २४ करोड ८१ लाख ९२ हजार ९२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८९, माउण्टेन हाइड्रो नेपाल ९.८७, ग्रीन डेभलपमेन्ट बैंक ९.४५, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ७.५० प्रतिशतले कमाए ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ४.४७, गुडविल फाइनान्स ४.३७, सेन्ट्रल फाइनान्स ४.१३, मिथिला लघुवित्त ३.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह