विदेशमा दुई साताको अवधिमा थप ४१ जना नेपालीको मृत्यु

साझासवाल

जेठ ११, काठमाडौँ | कोरोना भाइरस संक्रमणका कारण गत दुई सातामा विदेशमा थप ४१ जना नेपाली नागरिकहरुको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना संक्रमणको कारण भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ जना र पोर्तुगलमा १ जना नेपालीको ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखी विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ । संघको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

समितिका संयोजक डा संजिव सापकोटाले दिएको जानकारी अनुसार सोमवार साँझसम्म विदेशमा कोरोना संक्रमित भएका ९२ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् ।

Leave a Comment

Leave a Reply