८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

११ जेष्ठ २०७८, मंगलवार ०९:४४

जेठ ११, काठमाडौँ (रासस) । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।  

निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ ।” 

 निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए । कामदारले धमाधम काम छाडेर हिंडिरहेकाले निर्माणमा बाधा पुगेको छ । निर्माणस्थलमा उपलब्ध जनशक्तिलाई कोभिड मापदण्डको पालना गराएर काममा लगाइएको हो । कामदारहरुलाई छुट्टाछुट्टै समूहमा रहने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । निर्माण अघि बढाउनका लागि स्थानीय प्रशासनबाट सहयोग भइरहेको प्रमुख दृष्टिले बताउनुभयो । 

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई उच्च प्राथमितामा राखेको भएपनि आयोजना निर्माणमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । कहिले वन क्षेत्रमा रुख हटाउने, कहिले कामदारले आफूहरुले पारिश्रमिक रोकिएको भन्दै केही समय निर्माण ठप्प बनाउने र गत वर्षदेखि कोभिडको असर परेको प्रमुख दृष्टिले बताउनुभयो । समग्र ठेक्काको हिसाबले १५÷२० प्रतिशत सक्नुपर्ने भएपनि अहिलेसम्मको भौतिक प्रगति छ÷सात प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । 

चिनियाँ कम्पनीले पनि स्वास्थ्य मापदण्डको पालना गरेर काम अघि बढाइरहन चाहेको बताइन्छ ।  नारायणगढदेखि बुटवल सडकको लम्बाई ११५ किमी रहेको छ । सो सडकमा पूर्व र पश्चिम गरेर दुई ठेक्कामा निर्माण भइरहेको  । चिनिँया कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पाेरेशनले दुबै ठेक्कामा निर्माण अघि बढाइएको छ । ‘डेडिकेडेट डबल लेन’ सडकमा कतै ठाउँ हेरेर तीनदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो ।  बजार क्षेत्रमा मुख्य राजमार्ग चार लेन र दुई लेन सर्भिस ट्याक गरी छ लेनमा विस्तार हुँदैछ । मुख्य राजमार्गको दुबैतर्फ एक÷एक लेनको सर्भिस ट्याकको निर्माण हुनेछ । जङ्गल क्षेत्र, बस्ती नभएका क्षेत्रमा चार लेन हुने छ भने दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुँदैछ । क्षमताभन्दा बढी तौल बोकेका धेरै गाडीहरु धेरै दाउन्ने आइपुगेर बिग्रने गरेको छ । एउटा लेनमा गाडी बिग्रिए पनि अरु दुई लेनबाट दुबैतर्फ पास हुनसक्ने भन्दै तीन लेनमा विस्तार गर्न लागिएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ?