2026-09-22 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश सरकारका ८९ योजना निर्माणाधीन

जेठ १४, लमजुङ (रासस) | जिल्लामा प्रदेश सरकारको लगानीका ८९ वटा विभिन्न योजना निर्माणाधिन छन् । निषेधाज्ञा र कोरोना सङ्क्रमणबीच समेत यी योजनाको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख इञ्जीनियर सुमन गिरीका अनुसार जिल्लामा निषेधाज्ञाको अवधिमा समेत विकास निर्माणका काम तीव्रताका साथ अघि बढिरहेको छ ।

साना योजनाका लागि आवश्यक पर्ने केही निर्माण सामग्री बाहिरबाट ल्याउनुपर्ने भएकाले आंशिक साना–साना केही योजना प्रभावित भए पनि ठूलाठूला योजनाको काम धमाधम भइरहेको उहाँको भनाइ छ । कार्यालयका अनुसार प्रदेश सरकारको लगानीमा यस कार्यालयमार्फत करिब १०० योजनामध्ये ८९ वटा योजनामा काम भइरहेको छ । ठूला योजना निर्माण क्षेत्रमै कामदार राखेर र आवश्यक निर्माण सामग्रीसमेत पर्याप्त रहेकाले यी योजनामा काम गर्न कुनै समस्या नभएको पूर्वधार विकास कार्यालयले जनाएको छ ।

स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सोहीअनुसार बहुवर्षे योजनाको काम तीव्रगतिमा काम भइरहेको कार्यालय प्रमुख इञ्जीनियर गिरीले बताउनुभयो । ती योजनामध्ये एक निर्वाचन क्षेत्र सकडअन्तर्गत दुईवटा सडकको काम भइरहेको छ । प्रादेशिक सडक ‘क’ अन्तर्गत दुईवटा सडकको काम भइरहेको छ । प्रादेशिक सडक ‘ख’ अन्तर्गत आठवटा सडक, स्थानीय तह जोड्ने दुईवटा सडक धमाधम निर्माण भइरहेको छ । त्यस्तै ११ वटा झोलुङ्गे पुल निर्माणाधीन रहेको उक्त कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार १० वटा सडक पुल, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ‘क’ मा २५ र ‘ख’ मा २२ वटा योजनाको काम भइरहेको छ ।

त्यस्तै ११ वटा भवन निर्माण भइरहेको छ । कार्यालय प्रमुख गिरीले भन्नुभयो, “कार्यालयबाट केही बहुवर्षे, कुनै केही वर्षमा र कुनै एक वर्षमै सकिने योजना छन् । यीमध्ये केही योजना निर्माण कम्पनीमार्फत र केही उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।” उहाँका अनुसार यस चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो चौमासिकसम्म कार्यालयको वित्तीय प्रगति ४७ प्रतिशत भएको छ । 

त्यस्तै रु ८४ करोड ७८ लाख ९६ हजार विनियोजित बजेटमा रु ४० करोड एक लाख एक हजार खर्च भएको उक्त कार्यालयले जनाएको छ । पूँजीगत बजेटको ४७ प्रतिशत वित्तीय प्रगति भएको छ भने चालुतर्फ ३५ प्रतिशत प्रगति बताइएको छ । त्यस्तै पूँजीगततर्फ रु ८३ करोड २६ लाख ७९ हजार बजेट विनियोजन भएकामा रु ३९ करोड ४८ लाख २५ हजार बजेट खर्च भएको छ । चालुतर्फ रु एक करोड ५२ लाख १७ हजार बजेट विनियोजन भएकामा रु ५३ लाख तीन हजार बजेट खर्च भएको कार्यालय प्रमुख गिरीको भनाइ छ ।

कार्यालय प्रमुख गिरीले भन्नुभयो, “विकास निर्माणका कार्य धमाधम भइरहेको छ । सरकारले सामग्री ढुवानी गर्ने वातावरण बनाएमा निर्माण रोकिने छैन ।” तर, निर्माण सामग्री ढुवानीमा समस्या भने केही समयपछि प्रभावित हुनसक्नेसमेत उहाँको भनाइ छ ।

आइतबार र बिहीबार दुई घण्टामात्र बैंक खुल्ने

यहाँ अबदेखि हप्ताको दुई दिन आइतबार र बिहीबार दुई/दुई घण्टा मात्र बैंक खुल्ने भएको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनुका साथै सङ्क्रमण फैलिन थालेको भन्दै आगामी बिहीबारदेखि लागू हुने भएको हो । 

विश्व महामारीका रूपमा फैलिरहेको नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण हालका दिनमा तीव्ररूपमा फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लमजुङमा हुनसक्ने सङ्क्रमणलाई रोक्न जिल्लामा दुई दिन आइतबार र बिहीबार दुई÷दुई घण्टामात्रै बैंक खोल्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।

हालसम्म ५६७ कोरोना सङ्क्रमित रहेका छन् । त्यस्तै आठ जनाको मृत्यु भइसकेको बताइएको छ । निषेधाज्ञामा अनावश्यक हिँड्डुल गर्नेलाई यही सोमबारदेखि प्रहरीले नियत्रन्त्रमा लिँदै पहिलोपटक सम्झाइबुझाइ छाडिदिने गरेको प्रजिअ शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु